Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिन्धुली-सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू

सिन्धुली-सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीको डाइभर्सनमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरुङको ब्रेक थ्रू गरेका हुन् ।

३१.७ मेगावाट विद्युत् पनि उत्पादन गर्ने लक्ष्य समेत रहेको गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेन्डले सुनकोशी नदीको पानी मरिण नदीमा पुर्‍याइने छ।

२०७९ असोजबाट सुरुङ खन्ने कामको सुरुवात भएको थियो ।