Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङले आज बुधबार शपथ ग्रहण गर्ने भएका छन् । संसद सचिवालयका अनुसार आज बिहान ११ बजे नेम्वाङलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउने भएका छन् ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल शपथ ग्रहण कार्यक्रम राखिएको छ । शपथ खुवाएर घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएपछि सांसदको जिम्मेवारी पाउने छन् ।

गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् ।

नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो ।