Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

छिमेकीको सेप्टिक ट्यांकीमा खसेर डेढ वर्षका बालकको मृत्यु

कञ्चनपुरमा छिमेकीको सेप्टिक ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका–३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको हो । सोही ठाउँका रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुला राखेको सेप्टिक ट्यांकीमा उनी खसेका थिए ।

अचेत भेटिएका उनलाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल धनगढी लागिएको थियो । त्यहाँ जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।