Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जसपाका सांसद भण्डारीलाल अहिरले पाए कृषिमन्त्रीको जिम्मेवारी

लुम्बिनी प्रदशेमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिर कृषिमन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले आज सोमबार मन्त्रालयमा गएर काम थालेका हुन् । २५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्री जोखबहादुर महराले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । 

सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि अहिरले ९ वैशाखमा राजीनामा दिएका थिए ।