Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जनकपुरमा पेस्तोल देखाएर दिउँसै लुटियो सहकारीको ८० लाख

जनकपुरबाट दिउँसै ८० लाख रुपैयाँ लुटिएको छ । जनकपुरधामस्थित हिमालयन बैंकबाट ८० लाख रुपैयाँ लिएर धनुषाधामतर्फ जाँदै गरेको बेलामा जनकपुरधाम उप–महानगरपालिका– १९ थुमौना पोखरीको डिलमा रकम लुटिएको हो ।

शुभ बचत तथा ऋण सहकारी संस्था धनुषाधामका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेर लगेको रकम लुटिएको बताइएको छ । दिउँसो १२ः४० बजे महतो मोटरसाइकलमा जाँदै गरेको समयमा तीन जनाको समूहमा आएको हतियारधारी समूहले पेस्तोल देखाएर लुटेर लगेको हो ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षकसहितको टोली घटनास्थल पुगेको छ । घटना सम्बन्धमा थप छानविन भइरहेको रकमको यकिन भइनसकेको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।