Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस सर्वोच्च जाने

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट हाल्ने भएको छ । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुख कृष्ण धितालले ३० लाई नै बहुमत घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालत जाने भएको हो ।

आज आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए ।

‘संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुरूप प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी मा। सभामुखले असंवैधानिक तबरबाट मुख्यमन्त्री मा। खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी गर्नुभएको घोषणारनिर्णय पूर्ण रूपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।