Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, क-कसले छाडे साथ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । अशोक राइको नेतृत्वमा निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेका बेला पार्टी विभाजनको निर्णय भएको हो । निर्वाचन आयोगमा दिएको निदेदनमा सात जनाले हस्ताक्षर गरेका छन् ।

गत फागुन २१ गते नेकपा एमाले र माओवादीसँग यादवले सहकार्य गरेपछि जसपामा विवाद बढेको थियो । विवाद बढिरहेको अवस्थामा अध्यक्ष यादव अमेरिकामा रहेका बेला यता अशोक राई नेतृतवमा पार्टी विभाजन गर्न लागिएको हो ।

राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठ र राजकिशोर यादवसहितका सांसद नयाँ पार्टीको पक्षमा उभिएका छन् । उनीहरू सबैजना एमाले(माओवादी गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए ।

अशोक राई साथ दिने सांसदहरु
अशोक राई
नवलकिशोर साह
प्रदीप यादव
रञ्जु कुमारी झा
विरेन्द्र महतो
सुशिला श्रेष्ठ
हसिना खान

उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
प्रकाश अधिकारी
राजकिशोर यादव
रेखा यादव
उपेन्द्र यादव