Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा

गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् बैठकमै कालोझण्डा देखाएको छ । 

आज आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले सभामुख धिताललाई कालोझण्डा देखाएका हुन् । मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसका सांसदले कालो झण्डा देखाएका हुन् ।

सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् । मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए ।