Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जसपा विभाजन गर्न भन्दै सांसदहरू हस्ताक्षर लिएर निर्वाचन आयोग पुगे, उपेन्द्र यादव भने अमेरिका भ्रमणमा

सत्तारुढ जनता समाजवादी पार्टी विभाजन भएको छ । उपेन्द्र यादव नेतृत्वमा रहेको सो पार्टीका सातजना सांसदसहित केन्द्रीय सदस्यको हस्ताक्षर लिएर अशोक राई निर्वाचन आयोग पुगेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्न भन्दै सांसदहरू हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका हुन् । आयोग पुग्नेमा सात सांसद छन् । जसमा एक वहालवाला मन्त्री पनि छन् । पार्टी विभाजनका लागि अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन र नवलकिशोर शाह सुडी रहेका छन् ।

सुडी वहावाला वनमन्त्री हुन् भने प्रदीप यादव जसपा संसदीय दलका प्रमुख सचेतक हुन् । जसपामा अहिले १२ जना सांसद रहेका छन् । त्यसमध्ये सात जनाको हस्ताक्षर पार्टी विभाजनको पक्षमा रहेको छ । त्यसैले सो पार्टीको आधिकारिकता माग गरिएको जनाइएको छ । उपेन्द्र यादव भने अहिले अमेरिका भ्रमणमा रहेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी र स्वच्छाचारी प्रवृत्ति देखाएकाले पार्टी विभाजन गर्नुपरेको सांसद सुशीला श्रेष्ठले बताएकी छन् ।  दल विभाजन गर्न निर्वाचन आयोग पुगेका विद्रोही समूहले पार्टीमा आन्तरिक लोकतन्त्र मरेको र यादव एकल हाबी भएको भन्दै असन्तुष्टि पोखेको छ ।