काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडित बालिका तीरतिरे धारमा प्लास्टिकको बोतलमा खानेपानीको जोहो गर्दै रञ्जिता र रजनी तामाङ ।
स्थानीय जागेश्वर माध्यमिक विद्यालयको कक्षा छ अध्यनरत उनीहरु मङ्गलबार आगलागीका कारण आफ्नो घर पूर्णरुपमा क्षति भएपछि विद्यालय जान सकेका छैनन् ।
वनको डढेलोले वनमा खानेपानीको पाइप जल्दा अन्यत्रबाट ल्याइएको सानो पानीको जाहोमा दैनिकजसो उनीहरु सँगै पानी थाप्ने गरेको बताउँछन् ।
वनको डढेलो गाउँ पस्दा १५ घर जलेर नष्ट भएका थिए ।
तस्बिर: राजकुमार पराजुली