Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जापानकी विदेशमन्त्री योको आज काठमाडौं आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको एक दिने भ्रमणका लागि आइतबार काठमाडौं आउँदैछिन्। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्। उनले परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। योको आजै स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।

नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ।

नेपालस्थित जापानी दूतावासले पनि यो भ्रमणले दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ।