Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कञ्चनपुरको दोदा नदीमा डुबेर दुईजनाको मृत्यु, दुईजना घाइते

कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए ।

दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखिएको छ । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।