Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

इडिभीको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार सार्वजनिक भएको छ । 

नेपालस्थित अमेरिकी दूतावासले यसबारे जानकारी दिएको हो । शनिबार राति ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।


दूतावासका अनुसार यो नै इडिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो ।