Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

लोसपाका प्रदेश सांसद अभिराम शर्मा निलम्बित

मधेश प्रदेशका सांसद अभिराम शर्मालाई निलम्बन गरिको छ । 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद शर्मालाई निलम्बन गरेका हुन् ।

सशस्त्र प्रहरी थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएपछि शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।