'हाम्रो अभियान गाउँ गाउँमा आधारभूत संगीतको ज्ञान' भन्ने मुल नाराका साथ संखुवासभाको सिलिचोङ गाउपालिकामा २ दिने विद्यालय स्तरीय आधारभूत संगीत प्रशिक्षण तथा बाद्यवादन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वार्गीय सीता कुलुङको स्मृति, सिलिचोङ गाउँपालिका शिक्षा साखा समन्वय साथै मुर्छना म्युजिक एकेडेमीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको आयोजक मुर्छनाका संचालक क्षितिज कुलुङले बताएका हुन् । उक्त कार्यक्रम बाट सिलिचोङ गाउपालिकाका ३५ विद्यालयहरुले प्रशिक्षण साथै ११ बिधालयले बाद्दयवादन प्राप्त गरि लाभ लिएका थिए ।

मुर्छना म्युजिक एकेडेमीले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आईरहेकोछ भने उक्त कार्यक्रम चौथो संस्करण रहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तरता दिने उक्त कार्यक्रमका संयोजक गोपाल राज पोख्रेलले बताए ।
यस्ता खालका कार्यक्रमहरु अहिलेको समयमा एकदमै अपरीहार्य रहेको र शहर देखि टाढा रहेका विद्यालयहरमा यस्ता कार्यक्रमहरु गर्दा त्यहाँका विद्यार्थीहरलाई राम्रो लाभ मिल्न सक्ने उनले बताए । क्षितिज कुलुङ, गोपाल राज पोख्रेल र एलीना उदाशको टिमले उक्त कार्यक्रममा प्रशिक्षण दिएका थिए ।