Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जापान पठाइदिने भन्दै तीन करोड ठगी गर्ने पक्राउ

नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब तीन करोड ठगी गरेका हुन् । 

नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी पुतलीसडकमा नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरी नारायण बहादुर राई नाममा चलाउँदै आएका उनीहरुले जापान पठाउने भनी चार लाखदेखि सातलाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ । 

ईश्वरी पाण्डेले पनि पर्वराज पाण्डेको हराएको नागरिकताको दुरुपयोग गरी उनको नाममा बैंक खोली रकम जम्मा गर्ने गरेका थिए । तीन वर्षदेखि पठाओ चलाउँदै आएका नागरिकता धनी नारायणबहादुर राईले आफ्नो नागरिकता १५÷१६ वर्ष अगाडि हराएको प्रहरीमा बयान दिएका छन् ।