Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

झापामा परीक्षा दिएर घर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार

परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ। झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको हो।

उदयपुर घर भएकी एलिना दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।  झापाका प्रहरीका अनुसार उनको पेटमा गोलीको छर्रा लागेको देखिएको छ ।

उनको झापाकै एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको आशंका प्रहरीले गरेको छ ।

प्रहरीले यादवको खोजी कार्य जारी राखेको छ ।