Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सामाजिक सञ्जालमा ‘भाइरल’ भेलुबाजेको निधन

सामाजिक सञ्जाल टिकटकमा रुचाइएका प्यूठानका मिनबहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ । बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालले जनाएको छ ।

उनलाई सहयोग गर्नेहरु थपिङ्गदै गएका छन् । पत्नी वियोगमा परेका उनको दैनिक जीविका सहज बनाउनका लागि सहयोग गर्नेहरु भेटिएका हुन् । गत भदौंमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो । केहीबेरअघि उनलाई डाक्टरले मृत घोषणा गरेका उनको ज्वाइँ हिमलाल पुन मगरले जानकारी दिए ।

स्वर्गद्धारी नगरपालिका–५ सारी प्यूठानका युवा नेता भरत राउतले भेलुबाजेका लागि सहयोग अभियान चलाएका छन् ।अहिलेसम्म एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग जुटिसकेको राउतले जानकारी दिएका छन् । साउदी अरबबाट उमान जिएम र मलेशियाबाट मनिष विष्ट र सन्तोष केसीले अगुवाईमा पनि सहयोग संकलन भइरहेको छ ।