Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । बुधबार भएको नवौँ जिल्ला अधिवेशनबाट महतको प्यानलै निर्वाचित भएको हो ।

अधिवेशनमा कुल ३३८ मत खसेकोमा महतले १९४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी धिरेन्द्रराज गिरीले १३५ मत पाए ।

त्यस्तै, उपाध्यक्षमा प्रेम बहादुर बुढा, सचिवमा मान बहादुर रोकाया, उपसचिवमा मेनका रेग्मी र धनबहादुर बुढा निर्वाचित भए ।