Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जीबी राईको हत्या भइसकेको दावी गर्ने डिल्लीराम खनाल पक्राउ

सामाजिक सञ्जालको माध्यमबाट भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभाबी अन्तरवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका वडा नं–३२ गैह्रीगाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई मंगलबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खनालले सामाजिक सञ्जालमार्फत सहकारी प्रकरणमा फरार जीबी राईको हत्या भएको र सो हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी भ्रम फैलाएका थिए ।

‘नेपाल प्रहरीको वेभसाईडमा सो भिडियो प्राप्त भएपछि परिसरबाट खटिएको प्रहरी टोलीले कानून बमोजिम नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको छ’, उनले भने ।