Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो ।

महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।

 सो अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनी समेत दिएको छ ।