Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

इलाममा भीरबाट भ्यान खस्दा चालकको मृत्यु, एक जना गम्भीर घाइते

इलाममा आज बुधबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए ।

भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई उपाचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले जानकारी दिए । 

झापाबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।