Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा घाइते दुईमध्ये एकको मृत्यु

आनन्द वनमा डढेलो फैलिएपछि कुष्ठरोग अस्पतालका ९३ बिरामी अन्यत्र सारियो

ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते एकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार डढेलो निभाउने क्रममा दुई जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा शङ्कर पहरी र रमेश पहरी थिए । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शङ्कर प्रहरीको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए ।

यता ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाई छ ।

यस्तै डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ ।