इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १५ हजार ६५३ मत पाएका छन् ।
देउमाई–३ को मतगणना सकिँदा उनी पाँच हजार ५८५ मतले अगाडि छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ६८ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ६८९ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले दुई हजार ३१३ मत पाएका छन् ।