Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिम्रिक एयरको हेलि ढोका नलगाइ उडेपछि…

सिम्रिक एयरको बिमान ढोका नलगाइ उडेको पाइएको छ ।

काठमाडौंबाट सोमबार बिहान लुक्ला जाँदै गरेको सिम्रिक एयरको ९ एनएकेडीबी हेलिकप्टरमा ढोका नलगाएको इन्डिकेसन आएपछि आपतकालीन अवतरण गरिएको थियो ।

काभ्रेको धुलिखेलमा अवतरण गराएपछि ढोका लगाएर हेलिकप्टर पुन: लुक्लातर्फ प्रस्थान गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फितलो नियमनले यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् ।

यसअघि विभिन्न वायुसेवा कम्पनीमा यस्ता समस्या देखिने गरेका थिए ।