बझाङ प्रदेशसभा–१ मा नेकपा एमालेका दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका भण्डारीले १० हजार १४९ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार १२४ मत पाएका छन् । एमालेका भण्डारी र कांग्रेसका सिंहबीचको मतान्तर २५ रहेको छ । यस्तै, तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६ सय ९५ मत पाएका छन् ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय २७ मत पाएका छन् ।