Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कीर्ते नागरिकता लिएको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध उजुरी दर्ता

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कीर्ते गरी नेपाली नागरिकता लिएको आरोपसहित धनुषा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा उल्लेख छ ।