Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

इलाममा २१,८१० मत गनिसक्दा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमको अझै खुलेन खाता

प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मत गणना जारी छ ।

अहिलेसम्म २१ हजार ८१० मत गणना भइसकेको छ । अहिलेसम्म एक जना उम्मेदवारले एक मत पनि ल्याउन सकेका छैनन् । स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमको अझै खाता शुल्न नसकेको हो ।

यता एमाले उम्मेदवार सुहाङ नेम्वाङले २,६१८ को मतान्तर बनाएका छन् । सुहाङले ८,८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४,६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १,३०५ मतसहित चौथो स्थानमा सीमित छन् ।