बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।
अहिलेसम्म २२ हजार २९६ मत गनिएको छ । सो मत गन्दा नेपाली कांग्रेसले अग्रता बनाएको छ । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मत ल्याएर पहिलो स्थानमा छन् ।
उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । उनलाई एमालेका दमनबहादुर भण्डारीले ८ हजार १६५ मत ल्याउँदै पछ्याइरहेका हुन् । माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ११३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन् ।
बझाङको क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको थियो ।