Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

उपननिर्वाचन प्रारम्भिक मत परिणाम

बझाङमा एमालेका भण्डारीलाई शुरुवाती अग्रता

बझाङमा प्रदेश सभा १ (क) मा हिजो भएको उपचुनावको मत गणना जारी छ । छविसपाथिभेरा–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मत गणनामा नेकपा (एमाले) का दमनबहादुर भण्डारीले १५७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १३२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५१, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन् ।

 अहिले मतगणना चलिरहेको छ ।