Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

इलाम–२ मा १,५२१ मत गन्दा नेकपा एसका उम्मेदवार जीतबहादुर राईको शून्य मत

प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा शनिबार भएको उपनिर्वाचनको आज आइतबारदेखि सुरु मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।

 निर्वाचन आयोगका अनुसार १,५२१ मत गन्दा एकीकृत समाजवादीसहित पाँच उम्मेदवारले शून्य मत पाएका छन् । एकीकृत समाजवादीका जीतबहादुर राईले शून्य मत पाएका हुन् ।

यस्तै उम्मेदवारहरू धनराज राना मगर, जयवन्त विक्रम शाह, डाकप्रसाद गौतम र मनोज निरौलाले शून्य मत पाएका हुन् । यस्तै राप्रपाका लक्ष्मी गुरुङले चार मत पाउँदा ६५७ मतसहित कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएका छन् । 

यस्तै उनको पछिपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५३४ मतका साथ रहँदा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले १८७ मत पाएका छन् । यस्तै रास्वपाका मिलन लिम्बुले ११५ मत पाएका छन् ।