Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

पेस्तोलसहित नयाँबस्तीबाट एक जना पक्राउ

पेस्तोलसहित नयाँबस्तीबाट एक जनालाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–५ घर भएका ३८ वर्षीय मिमसिंह लामा छन् । हतियारसहित फेला पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । 

उनीमाथि हातहतियार तथा खरखजानाको कसूरमा अनुसन्धान अघि बढाइएको छ ।