Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोवार?

नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ६६० रुपैयाँ कायम भएको छ ।