Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चार उपसचिवको सरुवा, को कहाँ पुगे?

संघीय मन्त्रालयमा कार्यरत चार जना उपसचिवहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युवा, भूमि, सञ्चार र महिला मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको हो ।

प्राप्त विवरण अनुशार संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्दप्रसाद निरौलाले युवा तथा खेलकुद मन्त्रालयमा दरबन्दी रही महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत ममता बास्तोलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेका छन् भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मोहन निरौलालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेका छन् ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विजय भुर्तेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सार्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव चिरञ्जीवी भण्डारीको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।