Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

इलाम–२ का कांग्रेस उम्मेदवार डम्बर खड्काले गरे मतदान

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम क्षेत्र–२ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदान गरेका छन् ।

इलाम–२ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस ‘क’ केन्द्रबाट केही बेरअघि मतदान गरेका हुन् । इलाम २ मा कांग्रेसका खड्का, एमालेका सुहाङ नेम्वाङ र रास्वपाका मिलन लिम्बूसहित १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

०७९ मा भएको निर्वाचनमा कांग्रेस नेता खड्का एमाले नेता सुवास नेम्वाङसँग जम्मा ११४ मतान्तरले पराजित बनेका थिए । त्यतिबेला नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए । एमालेले इलाम–२ को उपनिर्वाचनमा सुवासका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ ।