Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या, पलङको घर्रामा भेटियो शव

सिरहाको लहानमा एक महिलाले आफ्नो पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका–५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरिताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।

गत बैशाख ११ गते बिहानबाट बालक आयुष फेला नपरिरहेको सूचनापछि सिरहा प्रहरीले उनको खोजतलास सुरु गरेको थियो । अनुन्धानमा जुटेको प्रहरीले सरिता बस्दै आएको कोठाको पलङभित्रको घर्रामा मृत अवस्थामा बालकको शव फेला परेको थियो ।

प्रहरी नियन्त्रणमा रहेकी सरिताले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेको सिरहा प्रहरीले जनाएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आमा सरितालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।