Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रेशमसँगको तस्वीर ‘शेयर’ गर्दै रञ्जिताले लेखिन्–‘लभ यु’ राजा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पति रेशम चौधरीसँगको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै आफ्नो परिवारमा कुनै पनि समस्या नरहेको बताएकी छन् । उनले राजनीतिक असमझदारीहरु भए पनि आफ्नो परिवारमा कुनै समस्या नरहेको दाबी गर्दै चिन्ता र चासो गर्नेहरूप्रति आभार व्यक्त गरेकी छन् ।

उनले लेखेकी छिन्, ‘परिवारमा कुनै समस्या छैन । समस्या छ त तपाईंहरूको द्वैध चरित्र अनि व्यवहारमा ।’ केही दिनअघि रेशमले श्रीमती रञ्जितासँग निर्णायक वार्ता गर्न आफू काठमाडौं आउँदै गरेको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।

सामाजिक सञ्जालबाटै उनले मिल्दा मनैदेखि मिल्न र छुट्टिने नै भए पनि जग नहँसाएर छुट्टिन प्रस्ताव गरेका थिए । सत्ता सहकार्यबारे रेशम–रञ्जिताबीच कुरा नमिलेपछि नाउपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । उनीहरूकै विवादका कारण सुदूरपश्चिममा सरकारहरू ढल्न पुगेको थियो भने नाउपाले हातमै परेको मुख्यमन्त्री पद समेत गुमाउनु परेको थियो ।