Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रवि लामिछानेमाथि राजा राजेन्द्रको व्यङ्ग्य - 'जनयुद्धमा देश छाेडेर हिड्नु भाे, टेलिभिजन डुब्दै गर्दा टेलिभिजन छाेडेर हिड्नु भाे'

गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कमेडियन राजा राजेन्द्र पोखरेलको कडा व्यङ्ग्य गरेका छन् ।

'एउटा टेलिभिजन राम्रोसँग १ बर्ष पनि चलाउन नसक्नेले देश कसरी राम्रोसँग चलाउँछ म विश्वास गर्न सक्दिन' भन्दै उनले प्रश्नसमेत गरेका छन् । इलाम उपनिर्वाचनको सन्दर्भमा आयोजित एक सभालाई सम्वोधन गर्दै पोखरेलले 'देशमा जनयुद्व देश डुब्दै गर्दा देश छोडेर हिड्नु भो, टेलिभिज डुब्दा टेलिभिज छोडेर हिड्नु भो!' भन्दै व्यङ्ग्य गरेका हुन्। 

सम्वोधनका क्रममा रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै कमेडियन राजा राजेन्द्र पोखरेल भन्छन्: 'वनजंगलमा हामीले गाईवस्तु चराउँन पठाउँदा सबैभन्दा वदमास, फटाहा गोरू जुन छ, त्यसलाई हामीले घाटीमा घण्टी झुण्ड्याइदिन्थेउ । एउटा चीज चै के हाे भने म तपाइँलाई अनुराेध गर्न चाहान्छु रवि दाइले ग्यालेक्सी टिभी चलाए जस्तै याे देश चलाउने जिम्मा म चै दिन सक्दिन, तपाइँ पनि नदिनुहाेला।' पोखरेलले थिप्दै भने ' के ख्या'स्याै त हामीले ग्यालेक्स टिभी उहाँले नचलाएकाे हाे र ? नेपालकाे सबैभन्दा महँगाे टेलिभिजन, जाे एक बर्ष पनि थेग्न सकेन । टेलिभिजन डुब्दाडुब्दै छाडेर हाम्फाल्नु भाे । जनयुद्धमा देश डुब्दै गर्दा देश छाेडेर हिड्नु भाे, टेलिभिजन डुब्दै गर्दा टेलिभिजन छाेडेर हिड्नु भाे।'