Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गौर हत्याकाण्ड प्रकरणः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

गौर हत्याकाण्डविरुद्ध अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो ।

०६४ चैत २७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । झडपमा ११५ जना घाइते भएका थिए ।

सोही हत्याकाण्डका विरुद्धमा २०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

उक्त मुद्दा तीन पटक हेर्न नभ्याइने, एक पटक बेन्च बस्न नभ्याइनेमा पर्दै बुधबार भने कारण देखाऊ आदेश जारी भएको हो ।