Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दुई दिने राजकीय भ्रमण सकेर कतारका राजा स्वदेश फिर्ता

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीले गरे बिदाइ

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन् । मंगलबार काठमाडौं आएका उनी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।

WhatsApp Image 2024-04-24 at 13.34.12_147e0325.jpg

उनलाई विदाइ गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थलम पुगेका थिए ।

WhatsApp Image 2024-04-24 at 13.34.09_bd2808a9.jpg

भ्रमणका क्रममा नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौतामा हस्ताक्षर भएको छ। नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्तापश्चात सोल्टी होटलमा दुई देशबीच समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

WhatsApp Image 2024-04-24 at 13.34.13_7fb0ffd6.jpg

समझदारीपत्रमा नेपालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी र कतारका समकक्षीबीच हस्ताक्षर गरेका हुन् । भेटवार्तापछि दुई देशबीचका खेलकूद, विज्ञान प्रविधि, सञ्चार (राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी), कूटनीतिक तालिम, शिक्षा, कला र संस्कृतिको क्षेत्र लगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

q1.webp

नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शबीच पनि सम्झौता भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानी द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

WhatsApp Image 2024-04-24 at 13.34.11_44683d92.jpg

भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।प्रधानमन्त्री प्रचण्डसँगको भेटमा थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेको भन्दै नेपाली श्रमिकहरूको उच्च प्रशंसा गरेका थिए ।

438209237_3658377144435301_7346515145434820499_n.jpg

राष्ट्रपति पौडेलको निमन्त्रणामा मंगलबार दुई दिने भ्रमणमा आएका कतारका अमिर थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेटवार्ताका लागि सिधै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । अमिर थानीलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेर स्वागत गरेका थिए । विमानस्थलको विशिष्ठ कक्षमा नेपाली सेनाको टोलीले उनलाई विशेष सम्मान (गार्ड अफ अनर) दिएको थियो । थानीको सम्मानमा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको थियो ।