Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

उपनिर्वाचनः आज राति १२ बजेबाट प्रचार-प्रसार बन्द

वैशाख १५ मा हुने प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ–१ को १ मा उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ ।

 आज राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचार गर्न पाइँदैन । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । 

इलाम २ मा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् । दुवै क्षेत्रमा वैशाख १५ गते निर्वाचन हुँदैछ ।