Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोवार?

नेपाली बजारमा मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेको सुन आज भने ५ सय बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा सुनको कारोबार भैइरहेको छ। हिजो १ लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै,चाँदीको मूल्य १० रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।