Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

काभ्रेमा सुमो दुर्घटना: चालकसहित १० जना घाइते, तीनको अवस्था गम्भीर

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५, कात्तिके देउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको सुमो बुधबार बिहान दुर्घटनामा परेको छ ।

ना १ ज ६२९१ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खस्दा चालकसहित १० जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूलाई उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोलाती पठाइएको छ । 

घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।