Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कतारका राजा अमिर शेख विमानस्थलबाट सिधै शितल निवास, आज के–के गर्दैछन्?

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास प्रस्थान गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरलाई स्वागत गरे लगत्तै त्यहीबाट द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास गएका हुन् । शितल निवासमा भेटवार्तापछि राजा अमिर सोल्टी होटलमा जाने कार्यक्रम छ । उक्त होटलमा कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्रिभोज आयोजना गर्दैछन् ।

thani-1.webp

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुई दिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

Qatar-king-5.webp

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । उनको सम्मानमा नेपाल सरकारले आज नेपालभर सार्वजनिक बिदा समेत दिएको छ ।

त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

Ramchandra.webp

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ । कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन ।

Photo-1-2024-04-23T120951.085-scaled.webp

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने छन् ।