Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीको सुझावः आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउदा सार्बजनिक बिदा दिएको भन्दै तपाइँ र अरु नेतामा के फरक छ ? भन्ने प्रश्न समेत गरेका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्बजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो ।

उनले भनेका छन्ः माननीय रवि लामिछाने ज्यु, हिजोका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्बजनिक बिदा दिनु भएछ, अब भन्नुहोस्, तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? बिदेशी राजाका खुट्टा नै ढोग्न जानु भन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस् कति गुलामी गर्छौ हो बिदेशीको?