Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मदनका अधुरा सपना पूरा गर्न राजनीतिमा सक्रिय भएकी हुँः पूर्वराष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीका अधुरा सपना पूरा गर्न आफू राजनीतिमा सक्रिय भएको बताएकी छिन् ।

आज (सोमबार) एमालेले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले पति मदन भण्डारीको कार दुर्घटनामा निधन भएपछि उनका अधुरा सपना पूरा गर्न आफू राजनीतिमा सक्रिय भएको बताएकी हुन् ।

‘एमाले महासचिव मदन भण्डारीको चितवनको दासढुङ्गामा कार दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्रा सुरु भएको हो । मदनका अधुरा सपना पूरा गर्न राजनीतिमा सक्रिय भएकी हुँ,’ उनले सुनाइन् ।

पूर्व राष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान
नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवस (हीरक जयन्ती) को अवसरमा एमालेले भण्डारीलाई उक्त सम्मान प्रदान गरेको हो ।

सोमबार सनराइज हल गोदावरीमा आयोजित समारोहमा एमालेले भण्डारीलाई उक्त सम्मान प्रदान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाख खनाललगायतले भण्डारीलाई उक्त सम्मान प्रदान गरे ।