Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सोमबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको हो ।

आइतबार र शुक्रबार सुन प्रतितोला १ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो, जुन मूल्य हालसम्मकै उच्च हो । चाँदीको मूल्य पनि घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७०५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।