Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

पूर्व राष्ट्रपति भण्डारीलाई एमालेले ‘राष्ट्रिय गौरव पदक’ ले सम्मान गर्ने

सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने निर्णय गरेको छ । 

परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको प्रस्ताव प्रस्तुत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको बताएका हुन् । एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारी दुई पटक राष्ट्रपति भएकी थिइन् ।

पोखरेलले राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा पनि महत्त्वपूर्ण ढंगले भूमिका खेलेको तथा अडान लिएको विषय एमालेको लागि गौरव बनेकाले सम्मान गर्न लागेको बताए ।

नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सोमबार हीरक जयन्ती महोत्सव मनाउँदै भण्डारीलाई सम्मान गरिने जानकारी उनले दिए ।