गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ ।
तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको छ ।
स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौँकीको टोली ताल रहेको क्षेत्रमा पुगेको बताइएको छ । तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।