Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चोभार डाँडामा डढेलो निभाउन गएको दमकल दुर्घटना, चालकसहित ६ जना गम्भीर घाइते

काठमाडौँ कीर्तिपुरस्थित चोभार डाँडामा लागेको डढेलो निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।

जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जङ्गलमा डढेलो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो । 

दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ । प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको पुष्टि गर्दै महानगरपालिकाकै दमकल भएको जानकारी दिएको छ ।

घटनाको विस्तृत विवरण आइसकेको छैन ।